nmb bank

गृहपृष्ठ लेखा समितिले रिलायन्स स्पिनिङको आईपीओबारे धितोपत्र बोर्डलाई सोध्यो स्पष्टीकरण

लेखा समितिले रिलायन्स स्पिनिङको आईपीओबारे धितोपत्र बोर्डलाई सोध्यो स्पष्टीकरण

लेखा समितिले रिलायन्स स्पिनिङको आईपीओबारे धितोपत्र बोर्डलाई सोध्यो स्पष्टीकरण

संघीय संसदको सार्वजनिक लेखा समितिले रिलायन्स स्पिनिङ मिल्सको आईपीओ तथा वित्तीय विवरणबारे धितोपत्र बोर्डसँग स्पष्टीकरण मागेको छ ।

सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन चरणमा रहेको रिलायन्स स्पिनिङको वित्तीय विवरण शंकास्पद देखिएपछि लेखाले बोर्डसँग जवाफ मागेको हो ।

लेखाले बोर्डसँग ७ दिनभित्र स्पष्टीकरण दिन भनेको छ । ‘उक्त कम्पनीको मूल्य के आधारमा तय गरिएको हो रु बुक बिल्डिङमा आउने कम्पनीको आधार मूल्य तय गर्ने अधिकार कसलाई छ र यसको प्रक्रिया के हो रु,’ समितिले जवाफ मागेको छ ।

बुक बिल्डिङका लागि बिड गर्न योग्य संस्थागत लगानीकर्ताको उक्त कम्पनी वा कम्पनीका सञ्चालकसँग स्वार्थ बाझिएको छ छैन, कुन(कुन संस्थागत लगानीकर्ताले यसअघि कति मूल्यमा कति कित्ता सेयरका लागि आवेदन दिएका थिए, उक्त विवरण पनि लेखाले माग गरेको छ ।

‘गत आर्थिक वर्षमा प्रतिसेयर आम्दानी ५४ रुपैयाँ ३४ पैसा रहेको उल्लेख गरेको थियो, तर अहिले एक वर्ष नपुग्दै उक्त आम्दानी घटेर २ रुपैयाँ ८ पैसामा सीमित भएको छ । यसअघि वित्तीय विवरण तयार गर्दा म्यानुपुलेसन भएको अनुमान गर्न किन नसकिने ?,’ लेखाको प्रश्न छ ।

यसबारे नेपाल धितोपत्र बोर्डको धारणा समेत माग गरिएको छ ।

प्रकाशित समय : १८:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु