nmb bank

गृहपृष्ठ लोपोन्मुख समुदायको आर्थिकस्तर उकास्न बाख्रापालन

लोपोन्मुख समुदायको आर्थिकस्तर उकास्न बाख्रापालन

बाँकेका लोपोन्मुख तथा अति पिछडिएका जातजातिको आर्थिकस्तर वृद्धि गर्ने उद्देश्यले बाख्रा वितरण गरिएको छ ।

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बाँकेद्वारा यहाँ एक कार्यक्रम गरी अति पिछडिएका नेपालगञ्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकाका एक सय परिवारलाई बाख्रा वितरण गरिएको हो ।

लुम्बिनी प्रदेश सरकारका कृषिमन्त्री भण्डारीलाल यादवले लोपोन्मुख जातिका रुपमा रहेका किंङ्गघरिया, कुछबधिया, मुसहर, नटवा र पासी जातिका विपन्न र पिछडिएका परिवारलाई प्रतिपरिवार तीनवटाको दरले सय परिवारलाई बाख्रा वितरण गरे ।

मन्त्री यादवले प्रदेश सरकारले लोपोन्मुख तथा अति विपन्न समुदायको जीवनस्तर उकास्न उनीहरुको आयआर्जन वृद्धि गरी सबल बनाइने बताए ।

आयआर्जनका लागि नेपालगञ्ज उपमहानगरको वडा नम्बर २० र २२ कासाथै डुडुवा गाउँपालिकाको वडा नम्बर ३, ५ र ६ का हरेक वडाबाट २० परिवारको छनोट गरेर बाख्रा वितरण गरिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बाँकेका प्रमुख कमला अधिकारीले जानकारी दिए ।

प्रकाशित समय : १८:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु