nmb bank

गृहपृष्ठ श्रीलंका डेभलपमेन्ट टिमसँग नेपाली महिला टिम पराजित

श्रीलंका डेभलपमेन्ट टिमसँग नेपाली महिला टिम पराजित

श्रीलंका डेभलपमेन्ट टिमसँग नेपाली महिला टिम पराजित

श्रीलंकामा रहेको नेपाली महिला क्रिकेट टिम पहिलो खेलमा पराजित भएको छ । मंगलबार श्रीलंका डेभलपमेन्ट टिमसँग सम्पन्न पहिलो खेलमा नेपाली टिम ३३ रनले पराजित भएको हो ।

श्रीलंकाको टिमले दिएको ११९ रनको लक्ष्य पछाएको नेपालले १५ ओभरमा ९ विकेट गुमाउदै ६३ रन बनाएको थियो । नेपाललाई १५ ओभरमा ९६ रनको रिभाइज लक्ष्य दिइएको थियो ।

यस अघि पहिला ब्याटिंग गरेको श्रीलंकाको डेभलपमेन्ट टिमले २० ओभरमा ८ विकेट गुमाएर ११८ रन बनाएको थियो ।

यो जितपछि ३ खेलको सिरिजमा श्रीलंका डेभलपमेन्ट टिमले १-० को अग्रता लिएको छ ।

महिला एशिया कप खेल्न श्रीलंका पुगेको नेपाली टिमले अव दोस्रो टी-२० खेल बुधबार खेल्ने छ ।

प्रकाशित समय : १७:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु