global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ कालिकास्थान–पुडिटार–लामेआहाल सडक शिलान्यास

कालिकास्थान–पुडिटार–लामेआहाल सडक शिलान्यास

कालिकास्थान–पुडिटार–लामेआहाल सडक शिलान्यास

कोत्रे–बिरौटा सडक खण्डअन्तर्गत कालिकास्थान–पुडिटार–लामेआहाल सडक स्तरोन्नति थालिएको छ ।

पोखरा महानगरपालिका र सहरी विकास मन्त्रालयको संयुक्त आयोजनामा आज कालिकास्थानमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सडकको शिलान्यास गरे ।

विश्व बैङ्कको सहयोगमा निर्माण हुन लागेको १२.४४ किमी लममे सडकको लागत अनुमान एक अर्ब आठ करोड ४८ लाख ९१ हजार तीन सय २६ रहेकामा ७७ करोड ६८ लाख ९२ हजार ८३७ मा आशिष निर्माण सेवा प्रालिसँग यही असार ६ गते ठेक्का सम्झौता भई काम सुरु गरिएको हो । ठेक्का सम्झौताको मितिबाट तीन सय ९० दिनमा काम सम्पन्न गर्नुपर्ने जनाइएको छ ।

शिलान्यास कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यो सडक आयोजना महानगरको गौरवको आयोजना भएको बताउँदै महानगरभित्र २८ अर्बभन्दा बढीका विभिन्न आयोजना सञ्चालन भइरहेको बताए ।

सहरी विकास मन्त्रालयका सचिव मनिराम गेलालले पोखराको विकासलाई पूर्वाधार विकास सरकारको पहिलो प्राथमिकतामा भएको बताए ।

पोखरा महानगरपालिका वडा नं ३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारीले समयमा नै काम सम्पन्न गर्न सम्बद्ध सबैको साथ र सहयोग आवश्यक भएको बताए ।

प्रकाशित समय : १६:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु