nmb bank

गृहपृष्ठ बागमती सरकारको बजेट खर्च ७२.८३ प्रतिशत

बागमती सरकारको बजेट खर्च ७२.८३ प्रतिशत

बागमती सरकारको बजेट खर्च ७२.८३ प्रतिशत

बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको ७२.८३ प्रतिशत खर्च गरेको छ । प्रदेशका १३ मन्त्रालय र सो मातहतका निकायले चालु आर्थिक वर्षका लागि विनियोजित ६० अर्ब रुपैयाँ बजेटमध्ये ४५ अर्ब ६७ करोड रुपैयाँ खर्च गरेको छ ।

प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार प्रदेश सरकारका निकायहरूले चालु खर्चतर्फ १७ अर्ब १२ करोड रुपैयाँ बजेट खर्च गरेका छन् । जुन कुल विनियोजनको ६५ प्रतिशत रकम हो । पुँजीगततर्फ प्रदेश सरकारका निकायहरूले २८ अर्ब ५४ करोड रुपैयाँ बजेट खर्च गरेका छन् । जुन कुल विनियोजित बजेटको ७९ प्रतिशत हो । प्रदेश सरकारले वित्तीय व्यवस्थातर्फ विनियोजन गरेको ५० करोड रुपैयाँ खर्च हुन सकेन ।

प्रदेश सरकारको खर्च प्रणाली बन्द हुने दिन असार २४ गतेमात्र २ अर्बभन्दा बढी रकम खर्च भएको कार्यालयले जनाएको छ । भुक्तानी प्रणाली बन्द हुनु अघि प्रदेश सरकारले वर्षभर गरेका आर्थिक क्रियाकलाप अन्तर्गत २ अर्ब रुपैयाँभन्दा बढी रकम एकैदिन खर्च भएको कार्यालयको भनाइ छ ।

प्रदेश सरकारले असारमा मात्र १३ अर्ब ३८ करोड रुपैयाँ बजेट खर्च गरेको कार्यालयको तथ्याङ्क छ । प्रदेश सरकारले जेठ मसान्तसम्ममा कुल बजेटमध्ये ३२ अर्ब २९ करोड रुपैयाँ खर्च गरेको थियो । असार १७ सम्म प्रदेश सरकारका निकायहरूले ३७ अर्ब १७ करोड रुपैयाँ खर्च गरेकोमा एक सातामा मात्र ८ अर्ब ५७ करोड रुपैयाँ बजेट खर्च गरेका छन् ।

प्रकाशित समय : १६:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु