nmb bank

गृहपृष्ठ ‘विपद्का बेला सरकार अझ गम्भीर बन्नुपर्छ’

‘विपद्का बेला सरकार अझ गम्भीर बन्नुपर्छ’

‘विपद्का बेला सरकार अझ गम्भीर बन्नुपर्छ’

प्रतिनिधिसभाका सांसदहरूले मुलुकभर बाढी, पहिरो र डुबानका कारण उत्पन्न विपद्का बेलामा सरकार अझ गम्भीर बन्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनिहरूले विपद्बाट प्रभावित जनताको उद्धार र राहतका लागि सरकारले उचित ध्यान नदिएको टिप्पणी गरे ।

सांसद मेटमणि चौधरीले १८ महिनामा पाँच पटक विश्वासको मत लिनुपर्ने अवस्थाको मूलकारण नेतृत्व नै भएको बताउँदै शीर्ष नेताहरूले अब देश र जनताको समृद्धिबारे छलफल गर्नुपर्ने बताए । उनले भने “बेरोजगारी र गरिबी घटाउने समाचार कतै छैन्, भ्रष्टाचारका विषयमा सबै तैँ चुप मै चुपको अवस्थामा छन् । यही गोलचक्करमा फसेर मुलुक बर्बाद बनाउने वा नयाँ तरिकाले सोच्ने? गम्भीररूपमा सोचौँ ।”

सांसद रोशन कार्कीले अविरल वर्षापछि देशमा उत्पन्न अवस्थाका बारेमा गृहमन्त्रीले सदनमा आएर जानकारी दिनुपर्ने माग गरे । उनले भने, “अहिले विपद्का बेलामा जनताको सहयोगमा लाग्ने हो, गृहमन्त्री कहाँ हुनुहुन्छ ? अहिलेको अवस्थाबारे सदनलाई जानकारी चाहियो ।”

सांसद अब्दुल खानले २२ प्रतिशत जनसङ्ख्या शिक्षाबाट वञ्चित रहेका र मधेस प्रदेशका आठ जिल्ला साक्षर हुनै बाँकी रहेको बताए । यसबारेमा सरकारले ध्यान दिनुपर्नेमा उनले जोड दिए । खानले रोजगारीका लागि धेरै युवा विदेशीनुपरेको तर्फ ध्यानाकर्षण गराउँदै प्रत्येक नागरिकलाई रोजगारीको हक हुनेछ भनेर संविधानमा गरिएको मौलिक हकको व्यवस्था कार्यान्वयन गरिनुपर्ने बताए ।

 

प्रकाशित समय : १५:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु