nmb bank

गृहपृष्ठ पहिरोमा परी त्रियुगामा एकको मत्यु, दुईजना घाइते

पहिरोमा परी त्रियुगामा एकको मत्यु, दुईजना घाइते

पहिरोमा परी त्रियुगामा एकको मत्यु, दुईजना घाइते

गएरातिदेखिको निरन्तर वर्षाका कारण त्रियुगा नगरपालिका–१५ तोरीबारीमा पहिरोमा परी एकजनाको मृत्यु भएको छभने अन्य दुईजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आठ वर्षका रुपकला मगरको मृत्यु भएको तथा ४० वर्षीया हीरामाया मगर र निजका सात वर्षीय छोरा योगेश मगर घाइते भएका हुन् । गम्भीर भएका उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

तोरीबारीमा पहिरोले चार घर पुरेको छभने अन्य पाँच घर उच्च जोखिममा छन् ।

 

प्रकाशित समय : १५:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु