global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ पर्यटकीय स्थल सैलुङ जाने सडक पहिरोले अवरुद्ध

पर्यटकीय स्थल सैलुङ जाने सडक पहिरोले अवरुद्ध

पर्यटकीय स्थल सैलुङ जाने सडक पहिरोले अवरुद्ध

आकर्षक पर्यटकीय स्थल सैलुङ जाने सडक अवरुद्ध भएको छ । ठाउँ ठाउँमा पहिरो खसेको कारण सडक अवरुद्ध भएको स्थानीय दावा सङ्बु शेर्पाले जानकारी दिए । सडक अवरुद्ध भएपछि वर्षाको समयमा सैलुङमा रमाउन जाने पर्यटक समस्यामा परेका छन् ।

निरन्तरको वर्षाको कारण दोरम्बादेखि माथिको सडकमा ठाउँ ठाउँमा पहिरो गएको छ । गएको हिउँदमा स्तरोन्नति गरिएको कच्ची सडकको ठाउँ–ठाउँमा पहिरो खसेको शेर्पाले बताए ।

सडक अवरुद्ध भएपछि पर्यटक मात्रै होइन सैलुङ क्षेत्रबाट जिल्ला सदरमुकाम तथा काठमाडौँ आउजाउ गर्ने स्थानीयलाई समेत समस्या परेको छ । सडक बन्द भएपछि किसानले उत्पादन गरेको आलु लगायतका तरकारी बजारसम्म पुर्‍याउन पनि कठिनाइ भएको छ ।

अविरल वर्षाको कारण रुख र बिजुलीका पोल ढल्दा सो क्षेत्रमा विद्युत् सेवा पनि अवरुद्ध भएको छ । पानी परिरहेकोले सडक खुलाउने तथा विद्युत् सुचारु गर्ने काम हुन सकेका छैन ।

प्रकाशित समय : ११:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु