nmb bank

गृहपृष्ठ नेपालबाट ६ सय ९० मेगावाट मात्रै विद्युत् निर्यातको अनुमति, परिमाण बढाउन भारतको आनाकानी

नेपालबाट ६ सय ९० मेगावाट मात्रै विद्युत् निर्यातको अनुमति, परिमाण बढाउन भारतको आनाकानी

नेपालबाट ६ सय ९० मेगावाट मात्रै विद्युत् निर्यातको अनुमति, परिमाण बढाउन भारतको आनाकानी

नेपाल विद्युत प्राधिकरणले भारतले अनुमति दिएमा झण्डै १६ सय मेगावाट बिजुली निर्यातको संरचना बनिसकेको जनाएको छ।

दुई देशबीच बिजुली व्यापारको लागि चाहिने प्रशारणलाइन र सवस्टेशनको अहिलेको क्षमताले १५ सय ८० मेगावाट बिजुली निर्यात गर्न सकिने प्राधिकरणले जनाएको छ । तर भारतले अहिलेसम्म ६ सय ९० मेगावाट बिजुली आयात अनुमति दिएकाले नेपालले यो भन्दा धेरै परिमाणमा बिजुली निर्यात गर्न पाउँदैन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को गएको वर्ष भएको भारत भ्रमणको क्रममा ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री मोदीबीच १० वर्षमा नेपालले भारतलाई १० हजार मेगावाट बिजुली बेच्ने सहमतिमा हस्ताक्षर भइसकेको छ । तर अहिलेसम्म नेपालले ६ सय ९० मेगावाट मात्रै निर्यातको अनुमति पाएको छ ।

नेपालले तत्कालै १२ सय मेगावाटको बिजुली निर्यातको अनुमति मागेको छ । तर भारतले अनुमति दिन आनाकानी गरिरहेको छ । विद्युत् प्राधिकरणले सन् २०३० सम्म १२ हजार सात सय मेगावाटसम्म निर्यात गर्न सकिने संरचना तयार भइरहेको पनि जानकारी दिएको छ ।

अहिलेसम्म नेपाल र भारतबीच ४०० केभीको एउटा मात्रै ढल्केबर–मुजफ्फरपुर प्रसारणलाइन सञ्चालनमा छ । यो प्रसारणलाइनबाट जम्मा ८ सय मेगावाट बिजुली आदान प्रदान गर्न सकिन्छ । यस्तै, अरु विभिन्न प्रसारणलाइनबाट झण्डै ८ सय मेगावाट निर्यात गर्न सकिन्छ ।

 

प्रकाशित समय : ११:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु