nmb bank

गृहपृष्ठ जयसूर्या बने श्रीलंका राष्ट्रिय क्रिकेट टिमको अन्तरिम प्रशिक्षक

जयसूर्या बने श्रीलंका राष्ट्रिय क्रिकेट टिमको अन्तरिम प्रशिक्षक

जयसूर्या बने श्रीलंका राष्ट्रिय क्रिकेट टिमको अन्तरिम प्रशिक्षक

सनथ जयसूर्या श्रीलंका राष्ट्रिय क्रिकेट टिमको अन्तरिम प्रशिक्षक बनेका छन् ।

श्रीलंका क्रिकेट बोर्डले सोमबार जयसूर्यालाई राष्ट्रिय टिमको अन्तरिम प्रशिक्षक बनाएको जानकारी दिएको हो ।

श्रीलंका क्रिकेट टिमको टी-२० विश्वकपमा खराब प्रदर्शनपछि तत्कालिन प्रशिक्षक क्रिस सिल्भरवूडले राजीनामा दिएपछि प्रशिक्षक पद खालि थियो ।

अब जयसूर्याले भारतविरुद्धको घरेलु सिरिज र सेप्टेम्बरमा हुने ईङल्याण्ड टूरसम्मका लागि प्रशिक्षकको भूमिका निभाउने बोर्डले जानकारी दिएको छ ।

जयसूर्या श्रीलंकाका सफल क्रिकेटर मध्ये एक हुन् । उनले एकदिवसीय क्रिकेटमा १३ हजारभन्दा बढी रन बनाएका छन् भने ३२३ विकेट समेत लिएका छन् ।

प्रकाशित समय : १७:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु