nmb bank

गृहपृष्ठ गरकाेटमा अवरुद्ध सडक खुलाउँदै सशस्त्र प्रहरी

गरकाेटमा अवरुद्ध सडक खुलाउँदै सशस्त्र प्रहरी

गरकाेटमा अवरुद्ध सडक खुलाउँदै सशस्त्र प्रहरी

भक्तपुरको चाँगुनारायण नगरपालिका–६ नगरकोटमा पहिरोको कारण अवरुद्ध सडक सशस्त्र प्रहरीले डोजरको सहायतामा खुलाउने कार्य भइरहेको छ ।

नगरकोटबाट कात्तिके भन्ज्याङ हुँदै साँखु जाने सडकमा पहिरो जाँदा सोही स्थानमा रहेको सेरेनी रिसोर्टको भवनमा समेत क्षति पुगेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २२ गुहेश्वरी गण भक्तपुरबाट गएको टोलीले अवरुद्ध सडक खुलाउने कार्य गरिरहेको छ ।

 

प्रकाशित समय : १५:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु