nmb bank

गृहपृष्ठ एक करोड ८९ लाखको सामान बरामद

एक करोड ८९ लाखको सामान बरामद

एक करोड ८९ लाखको सामान बरामद

पर्सा प्रहरीले बिनाबिलको  एक करोड ८९ लाख पर्ने हार्डवेयरका सामान बरामद गरेको छ । प्रहरीले दुई ट्रकसहित सो सामान बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–२५ स्थित एकीकृत जाँचचौकी नजिकै सडकमा रोकिराखेको ना६ख ४०५८ र ना३ख १८७ नं को दुई ट्रकबाट सो समान बरामद गरेको हो ।

प्रहरी नायब उपरीक्षक दीपक भारतीका अनुसार बरामद गरिएको सो समान राजस्व अनुसन्धान कार्यालय पथलैयालाई बुझाइएको छ ।

प्रकाशित समय : १५:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु