nmb bank

गृहपृष्ठ सहकारी विशेष छानबिन समितिलाई गभर्नर अधिकारीले दिए पाँच सुझाव

सहकारी विशेष छानबिन समितिलाई गभर्नर अधिकारीले दिए पाँच सुझाव

सहकारी विशेष छानबिन समितिलाई गभर्नर अधिकारीले दिए पाँच सुझाव

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले समस्याग्रस्त सहकारीको व्यवस्थापनका लागि संसदीय छानबिन समितिलाई पाँचवटा सुझाव दिएका छन्। सिंहदरबारमा सोमबार बसेको समितिको ११ औं बैठकमा महाप्रसाद अधिकारीले एकलाख सम्मका बचतकर्ता, पाँच लाखसम्मका बचतकर्ता र सो भन्दा बढि बचत गर्ने बचतकर्ता गरि तीन चरणमा वर्गीकरण गरि रकम फिर्ता गर्न सहज हुने सुझाव दिएका हुन्।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सहकारी छानबिन समितिका संयोजक सूर्यबहादुर थापाले समस्याग्रस्त सहकारीका सम्बन्धमा विशेष टीम गठन सकिने सुझाव दिएको जानकारी दिए।

थापाका अनुसार गभर्नर अधिकारीले १ लाख,५ लाख र ५ लाख भन्दा बढी बचत गरेका बचतकर्तालाई तीन चरणमा बचन फिर्ता गर्न कार्ययोजना बनाउनुपर्ने ,समस्याग्रस्त सहकारीको सम्बन्धमा निरीक्षण गर्न विशेष टिम बनाउनुपर्नेलगायत पाँचवटा सुझाव दिएका हुन्।

समयमा सुपरीवेक्षण नहुँदा सहकारीको अवस्था विकराल हुँदै गएको गभर्नर अधिकारीको बुझाइ रहेको थापाको भनाइ छ। यसैगरी भूगोलको सीमा नराखिएको, असीमित बचत संकलन गर्न दिइएको, नियमनलाई कम महत्व दिएको र सुपरीवेक्षण हुन नसकेका कारणले सहकारीमा समस्या देखिएको धारणा पनि गभर्नरले राखेको थापाले बताए।

 

प्रकाशित समय : १५:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु