nmb bank

गृहपृष्ठ युक्रेनको उत्तर पश्चिमको समी क्षेत्रमा एक लाख मानिसहरू बिजुलीबत्ती बिहीन

युक्रेनको उत्तर पश्चिमको समी क्षेत्रमा एक लाख मानिसहरू बिजुलीबत्ती बिहीन

युक्रेनको उत्तर पश्चिमको समी क्षेत्रमा एक लाख मानिसहरू बिजुलीबत्ती बिहीन

रुसले युक्रेनको एक बिजुली केन्द्रमा गरेको हमलापछि उत्तर पश्चिमको समी क्षेत्रमा एक लाख मानिसहरू बिजुलीबत्तीबिहीन भएका छन् । आक्रमणपछि रुसी सीमामा रहेको सो क्षेत्रभर बिजुलीको आपूर्ति ठप्प भएको थियो ।

सो आक्रमणमा कसैलाई घाउचोट लागेको वा निधन भएको खबर आएको छैन । रुसले युक्रेनभरि बिजुली उत्पादन केन्द्रलाई निशाना बनाएर आक्रमण जारी राखेको छ । बिजुली आपूर्ति ठप्प हुँदा उखरमाउलो गर्मीमा पानी, एसी विहीन अवस्थामा मानिसहरू बस्न बाध्य भएका छन् ।

अस्पतालहरूमा बिजुली नहुँदा अपरेसन प्रभावित भइरहेको छ । रुसले थर्मल ऊर्जा केन्द्रमा आक्रमण गर्दा गएको तीन महिनामा मात्रै युक्रेनले ९ गिगावाट बिजुली उत्पादन क्षमता गुमाएको छ । जल विद्युत् उत्पादन केन्द्रहरूमा पनि ड्रोन र मिसाइलले हमला गर्ने क्रम जारी छ ।

रुसी आक्रमणको असर कम गर्न पोल्याडले उब्रिएको बिजुली युक्रेनतिर पठाइरहेको छ ।

प्रकाशित समय : १०:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु