nmb bank

गृहपृष्ठ संस्कृति जगेर्ना गर्न प्रतियोगितात्मक तायाः मचा नृत्य

संस्कृति जगेर्ना गर्न प्रतियोगितात्मक तायाः मचा नृत्य

संस्कृति जगेर्ना गर्न प्रतियोगितात्मक तायाः मचा नृत्य

नेवार समुदायको मौलिक संस्कृति झल्काउने दुई सय ५० वर्ष पुरानो तायाःमचा नृत्य प्रतियोगिताअन्तर्गत पोखरामा यसवर्ष ३६ समूहले सहभागिता जनाउने भएका छन् ।

नेवार समुदायको पहिचानका पर्वकोे रुपमा रहेको गाईजात्रा अवसरमा प्रर्दशन गरिने तायाःमचा नृत्य प्रतियोगिताका बारेमा जानकारी दिने उद्देश्यले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखेले तायाःमचा नृत्य उक्त पर्वमा प्रस्तुत गर्दा पितृ उद्धार हुने धार्मिक मान्यता बताए ।

आगामी भदौ ४ गते गाइजात्रा पर्व परेको तर ८ गते प्रतियोगिता आयोजना हुने उनले जानकारी दिए । नेवाः खल कास्कीको आह्वानमा नेवाः मिसा पुच नयाँबजार,नेवा ल्याम्ह पुचः नयाँबजार र नेवा कल्याणकारी गुठीसँगको सहकार्यमा प्रतियोगिता हुनेछ ।

प्रतियोगितामा महिला र पुरुष गरी ३६ समूह सहसभागी हुनेछन् । पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार पुरुषतर्फ प्रथम हुनेले तीन लाख एक, दोस्रो हुनेले दुई लाख एक र तेस्रो हुनेले एक लाख एक नगदसहित पुरस्कार प्राप्त गर्नेछन् । महिलातर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ५० हजार एक, ३० हजार एक र २० हजार एक पुरस्कार प्राप्त गर्नेछन् ।

प्रकाशित समय : १९:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु