nmb bank

गृहपृष्ठ बाढीका कारण देशभरका ६४० मेगावाटका आयोजना पूर्ण रुपमा बन्द

बाढीका कारण देशभरका ६४० मेगावाटका आयोजना पूर्ण रुपमा बन्द

बाढीका कारण देशभरका ६४० मेगावाटका आयोजना पूर्ण रुपमा बन्द

 

अबिरल वर्षासँगै नदीहरुमा आएको बाढीका कारण देशभरका जलविद्युत् आयोजनाहरु प्रभावित भएका छन् ।

अबिरल वर्षाका कारण आएको बाढीले नेपाल विद्युत प्राधिकरण र यसका सहायक कम्पनीको मात्रै ५२६ मेगावाट क्षमताका परियोजना पूर्ण बन्द भएका छन् । बाढीले असर पुर्‍याएका कारण आयोजनाहरु पूर्ण रुपमा बन्द भएको हो ।

प्राधिकरणले उपलब्ध गराएको तथ्यांक अनुसार ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको विहान १ बजेर ४३ मिनेटपछि पूर्ण रुपमा बन्द गरिएको छ। ६० मेगावाटको युटीथ्री ‘ए’ जलविद्युत आयोजना विहान ४ बजेर १० मिनेटपछि पूर्ण रुपमा बन्द छ । १० मेगावाटको सुनकोसी विहान साढे ८ बजेबाट बन्द गरिएको छ ।

निजी क्षेत्रका ३६ मेगावाटको बलेफी, २० मेगावाटको मोदी, १५ मेगावाटको मध्य मोदी र ४० मेगावाटको अपर चमेलिया गरी ११४ मेगावाट गरी ६४० मेगावाटका प्लान्ट बन्द भएका छन् ।

बाढीका करण केहि आयोजनाहरु आंशिक रुपमा चलिरहेका छन् । सोलु दुधकोसी (५० मेगावाट), लिखु-१ (४७ मेगावाट), लिखु-२ (२९मेगावाट), मिडल तमोर (३८ मेगावाट), मोदी (७ मेगावाट, त्रिशुली (६ मेगावाट), देवीघाट (५ मेगावाट), चमेलिया (१४ मेगावाट) आंशिक रुपमा चलिरहेका छन् ।

प्रकाशित समय : १९:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु