nmb bank

गृहपृष्ठ चिनियाँ कम्युनिष्ट पार्टी र एमाले नेताहरूबीच भेटवार्ता

चिनियाँ कम्युनिष्ट पार्टी र एमाले नेताहरूबीच भेटवार्ता

चिनियाँ कम्युनिष्ट पार्टी र एमाले नेताहरूबीच भेटवार्ता

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव विष्णु रिमालको नेतृत्वमा छिमेकी देश चीन भ्रमणमा रहेको टोली र चिनियाँ कम्युनिस्ट पार्टी, युनान प्रान्तका उपसचिव शी युगाङबीच कुन्मिङमा भेटवार्ता भएको छ ।

त्यस अवसरमा द्विपक्षीय सम्बन्ध, सहकार्य, दुई पार्टीबीचको सम्बन्धलगायत विषयमा छलफल भएको थियोे । शुक्रबार भएको भेटले दुई देशका कम्युनिष्ट पार्टीबीचको सम्बन्ध अझ घनिष्ट बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको उपमहासचिव रिमालले बताए । उनले चीनको विकास, गरिबी उन्मूलन र जनताको जीवनस्तर सुधारका लागि गरिएका प्रयासका बारेमा जानकारी हासिल गर्ने अवसर उपलब्ध भएको बताएको थियो ।

चिनियाँ कम्युनिष्ट पार्टीका प्रान्तीय नेता शीले चीनमा गरिबी उन्मूलन र विकास कार्यक्रमका बारेमा प्रकाश पारेको रिमालले जानकारी दिए।

प्रकाशित समय : १९:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु