nmb bank

गृहपृष्ठ अनुगमन गर्ने संस्था नहुँदा सहकारी क्षेत्रमा समस्या भयोः उपप्रधानमन्त्री श्रेष्ठ

अनुगमन गर्ने संस्था नहुँदा सहकारी क्षेत्रमा समस्या भयोः उपप्रधानमन्त्री श्रेष्ठ

अनुगमन गर्ने संस्था नहुँदा सहकारी क्षेत्रमा समस्या भयोः उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सहकारी क्षेत्रमा अनुगमन गर्ने संस्था नहुँदा समस्या भएको बताएको छ । राष्ट्रिय सहकारी महासङ्घ लिमिटेड नेपालले १०२औँ अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गदै उनले सहकारीका समस्या समाधानका लागि संरचना निर्माण गरिनुपर्नेमा जोड दिए।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सहकारी विभाग प्रमुख देवेन्द्रराज कँडेलले सहकारीको बचत अनियमितता गर्ने विरुद्ध उच्च तहबाटै संरक्षण भएको दाबी गरे ।

नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का नेता लीलामणि पोखरेलले १६औँ आवधिक योजनामा सहकारीबारेमा १५औँ योजनामा भन्दा पश्चगामी व्यवस्था गरिनु उचित नभएको बताए । सहकारी संस्था सञ्चालनको अनुभव नै नभएकालाई सहकारीको नेता बनाउने व्यवस्था नै गलत रहेको उनको भनाइ थियो ।

महासङ्घका पूर्वअध्यक्ष केशवप्रसाद बडालले हाल ३० हजारको हाराहारीमा सहकारी संस्था भए पनि करिब एक सयमा समस्या देखिएको दाबी गरे ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले सहकारीको शुद्धीकरणमा यस क्षेत्रका सङ्घसंस्था खरो रूपमा उत्रनुपर्नेमा जोड दिए।

आगामी आर्थिक वर्षको बजेटमा सहकारी क्षेत्र प्राथमिकतामा परेको उल्लेख गदै उनले एकतिहाइ जनता आबद्ध अभियानलाई सही रूपमा अघि बढाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा महासङ्घका पूर्वअध्यक्ष बडालसहित सहकारी क्षेत्रमा उत्कृष्ट काम गर्नेलाई सम्मान गरिएको थियो । कार्यक्रममा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारी, महासङ्घका अध्यक्ष ओमदेवी मल्ललगायतले सहकारी क्षेत्रमा देखापरेका समस्या समाधानका लागि सहकारी कानुन संशोधन गरिनुपर्नेमा जोड दिएको थियो ।

प्रकाशित समय : १८:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु