nmb bank

गृहपृष्ठ गण्डक ब्यारेजका सबै ढोका खोलियो

गण्डक ब्यारेजका सबै ढोका खोलियो

गण्डक ब्यारेजका सबै ढोका खोलियो

त्रिवेणीस्थित गण्डक ब्यारेजमा बाढीको सतह खतराको सीमा नजिक पुगेपछि भारतले गण्डक ब्यारेजका सबै ३६ ढोका खोलेको छ ।

गण्डकमा पानीको सतह २ लाख ६० हजार क्यूसेक लिटर भन्दा माथि पुगेका कारण भारतको उत्तर प्रदेश र बिहार लगिएका २ वटा नहर र भारतमा हुन सक्ने जोखिम कम गर्न सबै ढोका खोलेको हो ।

प्रहरी चौकि त्रिवेणीका सई महेश रायमाझिका अनुसार पानीको सतह खतराको सिमा नजिक पुगेका कारण ढोका खोलिएको हो । त्यसले त्रिवेणी क्षेत्रको ड्बुान कमगर्न पनि सघाउँछ ।

तिनदिनदेखिको लगातारको वर्षालले गण्डकमा नदीको सतह एक्कासी बढेपछि भारतले आफनो सुरक्षाको लागि ढोका खोलेको हो । रायमाझिका अनुसार गण्डकमा पानीको सतह लगातार बढि रहेको छ ।

नेपाल भारतको सिमानामा पर्ने त्रिवेणीमा बांध बांधेर करिब ६० वर्ष अघिदेखि भारतले उत्तर प्रदेश र बिहारका साढे २ लाख हेक्टर क्षेत्रफलमा पानी लगेको छ । सिमानामा पर्ने गण्डक ब्यारेजमा पानी नियन्त्रण गर्ने जिम्मा भारतियको एकाधिकार छ ।

नेपाल तर्फको भूभाग डुवानको जोखिम हुदासमेत भारतलाई जानकारी गराएपछि उसैले ढोका खोलेर नदीमा पानीको बहाब सुनिश्चित गर्छ ।

 

प्रकाशित समय : १७:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु