nmb bank

गृहपृष्ठ पुल भत्किँदा राजविराज–कञ्चनपुर सडकखण्ड अवरुद्ध

पुल भत्किँदा राजविराज–कञ्चनपुर सडकखण्ड अवरुद्ध

पुल भत्किँदा राजविराज–कञ्चनपुर सडकखण्ड अवरुद्ध ????????-???????? ????? ??? ???? ???????? ???????? ??????????? ????? ????? ??? ? ??? ????? ???? ??? ????? ?????? ?????? ???????? ???? ?????????? ????????? ?????? ???? ????? ? ? ?????? ? ???? ????? ????, ????

सप्तरीको तिरुहुत गाउँपालिका–२ स्थित पुललाई मोहुली खोलामा आएको बाढीले भत्काउँदा राजविराज–कञ्चनपुर सडकखण्डमा आवागमन ठप्प भएको छ । तिरहुत–२ का वडाध्यक्ष सञ्जिवकुमार यादवले राजविराज–कञ्चनपुर सडकखण्डमा आवागमन ठप्प भएको जानकारी दिए । उनले बाढीले कोशी पम्प चन्द्रनहर सिँचाइ योजनाको निर्माणाधीन विभिन्न संरचना तथा उपकरणमा क्षति पु¥याएको बताए ।

यसैगरी मोहुली खोलामा आएको बाढीले कञ्चनरुप नगरपालिका–११ स्थित ठेलिया नजिक पूर्वतर्फ बाँध भत्काउँदा खेतीबालीलाई क्षति पु-याएको छ । तिरहुत–२ का बलराम साहका अनुसार मोहुलीको बाढीले तीन सय बिघा जमिन क्षति पु-याएको जानकारी दिए ।
बाढीले जिल्लाको तिरहुत गाउँपालिका, हनुमाननगर कंकालिनी नगरपालिकाका केही वडा डुबानमा परेका छन् । खाँडो खोलामा आएको बाढीले जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकाका लौनिया, तिलाठी, सकरपुरा, कोइलाडीलगायत गाउँ डुबानमा परेका छन् ।

प्रकाशित समय : १६:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु