nmb bank

गृहपृष्ठ असारे झरीकाबीच ५८२औँ हप्ताको वाग्मती सफाइ

असारे झरीकाबीच ५८२औँ हप्ताको वाग्मती सफाइ

असारे झरीकाबीच ५८२औँ हप्ताको वाग्मती सफाइ

‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ असारे झरीकाबीच ५८२औँ हप्ताको वाग्मती सफाइ गरिएको छ ।

वाग्मती नदी किनार एवं बाटोको फोहर छाता, रेनकोट ओढेर सफाइ गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए । नकुहिने फोहर बानेश्वर महिला वातावरण प्रालिको ट्र्याक्टरमा राखी व्यवस्थापन गरिएको छ ।

सफाइसँगै वाग्मती किनारमा दुई वटा अम्बा र एउटा एभोकाडोको बिरुवा पनि रोपिएको शाहीले बताए । अर्को हप्ताको शनिबार बिहान कोटेश्वर महादेव मन्दिरमुनिको वाग्मती पहेँलो पुलस्थित गणेश मन्दिर चोकमा सफाइ गरिने सफाइ महाअभियानले जनाएको छ ।

यसैगरी गुह्येश्वरीमाथिको वाग्मती सफाइको ५४१औँ हप्तामा सर्वेश्वर मन्दिरमुनिको नदी किनारमा सफाइ गरिएको अभियानकर्मी ईश्वर पुडासैनीले राससलाई जानकारी दिए । वाग्मतीका विष्णुमती, रुद्रमती, मनोहरा, चक्रपथलगायत स्थानमा पनि आज सफाइ गरिएको छ ।

विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा निरन्तर भइरहेको छ । महाअभियानबाट प्रभावित भएर देशभर एक सय आठभन्दा बढी स्थानमा सफाइ भइरहेको महाअभियानले जनाएको छ ।

प्रकाशित समय : १४:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु