nmb bank

गृहपृष्ठ भारी वर्षाका कारण हवाई उडान प्रभावित

भारी वर्षाका कारण हवाई उडान प्रभावित

भारी वर्षाका कारण हवाई उडान प्रभावित

अविरल वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई उडान प्रभावित भएकाे छ । विमानस्थलका अनुसार निरन्तरको वर्षाले भिजिबिलिटी कम भएपछि हवाई उडानहरु प्रभावित भएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक तर्फको उडान डिले भइरहेको विमानस्थलले जनाएको छ । अन्तर्राष्ट्रिय उडान भने नियमित रहेको त्रिभुवन विमानस्थलका प्रवक्ता सुवास झाले बताए ।

उनका अनुसार अन्तर्राष्ट्रियतर्फ सबै सामान्य रहेको छ । ठूलो पानी परेको बेला उडान केही ढिला हुन सक्ने भएपनि अहिलेसम्म सामान्य नै रहेको उनले बताए । आन्तरिकतर्फ भने उडान डिले भइरहेको उनले बताए । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभर वर्षा भइरहेको छ ।

 

 

प्रकाशित समय : १२:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु