nmb bank

गृहपृष्ठ एनिमलपछि बलिवुडमा उदाएकी तृप्ति

एनिमलपछि बलिवुडमा उदाएकी तृप्ति

एनिमलपछि बलिवुडमा उदाएकी तृप्ति

बलिवुड फिल्म एनिमलबाट उदाएकी अभिनेत्री तृप्ति डिमरीले एकपछि अर्को फिल्ममा काम गरिरहेकी छन् । अहिले उनी आफ्नो आगामी फिल्म ‘ब्याड न्युज’ लाई लिएर चर्चामा छिन । यस फिल्ममा तृप्तिसँगै विक्की कौशल र एमी विर्क पनि मुख्य भूमिकामा रहेका छन् । यो फिल्म १९ जुलाईमा रिलिज हुँदैछ । यो फिल्मका निर्माता करण जोहर हुन् ।

ब्याड न्यूजमा आफ्नो कास्टिङ बारे तृप्तिले बताएकी छन्-वास्तवमा त्यो दिन म धर्मा प्रोडक्सनको ट्यालेन्ट एजेन्सीमा आबद्ध थिएँ । एक दिन करण सरले भेट्न बोलाए । उहाँले मलाई आनन्द तिवारी सरसँग परिचय गराउनुभयो। जब आनन्द सरले फिल्मको कथा सुनाउनुभयो, म पुरै समय हाँसेर बसें । तर, त्यसपछि उनले कथन सुनेपछि फिल्म छनोट भइसकेको नसोच्ने बताए । अन्तिम निर्णय अडिसन पछि हुनेछ। भोलिपल्टै उनले फिल्मका तीन–चार दृश्य रेकर्ड गरे ।

तृप्तिले फिल्मले तीनै पात्रको व्यक्तिगत यात्राको विषय अभिव्यक्त गरिएको बताएकी छन् । यस फिल्ममा तीन पात्रको प्रेमदेखि करियरमा प्रगतिसम्म, सबैतिर सफलताको सोच रहेको बताएकी छन् ।

उनले यस बर्ष उनका चार फिल्म रिलिज हुने बताएकी छन् । उनले एनिमल(२ को विषयमा आफुलाई निर्देशक सन्दीप रेड्डी वांगाले केहि नभनेको बताउदै आफुलाई अफर गरेमा अवश्य गर्ने बताएकी छन् ।

तृप्तिको ब्याड न्युजपछि धडक-२, भुल भुलैया-३, विक्की विद्याका वोह वाला, आशिकी- ३ जस्ता फिल्म आउदै छन् ।

प्रकाशित समय : ११:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु