nmb bank

गृहपृष्ठ कांग्रेस संसदीय दलको बैठक बस्दै, एमालेसँगको सहमतिबारे जानकारी गराउने

कांग्रेस संसदीय दलको बैठक बस्दै, एमालेसँगको सहमतिबारे जानकारी गराउने

कांग्रेस संसदीय दलको बैठक बस्दै, एमालेसँगको सहमतिबारे जानकारी गराउने

नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे नयाँबानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्नेछ ।

बैठकमा कांग्रेस–एमालेबीच गत सोमबार नयाँ सत्ता समीकरणका विषयमा भएको सहमतिबारे सांसदहरूलाई जानकारी गराउने कार्यक्रम छ ।

यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिने विश्वासको मत र नयाँ सरकार गठनका विषयमा पनि छलफल हुनेछ । प्रधानमन्त्री प्रचण्डले यही असार २८ गते विश्वासको मत लिने तयारी गरेका छन् ।

कांग्रेस–एमालेको सहमतिअनुसार पहिलो चरणमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने र चुनावी सरकारको नेतृत्व कांग्रेसले गर्नेछ ।

प्रकाशित समय : ०८:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु