nmb bank

गृहपृष्ठ स्पेन युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश

स्पेन युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश

स्पेन युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश Spain's goalkeeper Unai Simon (23) grabs a high ball during a quarterfinal match between Germany and Spain at the Euro 2024 soccer tournament in Stuttgart, Germany, Friday, July 5, 2024. (AP Photo/Antonio Calanni)
  1. स्पेन १७ औँ संस्करणको युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति सम्पन्न पहिलो क्वाटरफाइनलमा आयोजक जर्मनीलाई २–१ ले पराजित गर्दै स्पेनले सेमिफाइनलको यात्रा सुनिश्चित गरेको छ ।

निर्धारित समयमा १/१ गाेलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा स्पेनका लागि माइकल मेरिनोले गोल गर्दै टोलीलाई जित दिलाए । खेलको अन्त्यतिर स्पेनका ड्यानी कार्भाहालले दोहोरो पहेँलो कार्ड पाएर मैदान छाडेका थिए ।

त्यसअघि खेलको ५१ औं मिनेटमा स्पेनका लागि दानी ओल्मोले गोल गर्दै अग्रता दिलाएका थिए । उक्त अग्रता स्पेनले जोगाउन सकेन् । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका फ्लोरियन विर्ट्जले खेलको ८९ औं मिनेटमा गोल गर्दै जर्मनीलाई बराबरीमा पुर्याएका थिए ।

स्पेनले राउण्ड १६ मा जर्जियालाई ४–१ गोल अन्तरले पराजित गरेर क्वाटरफाइनलमा पुगेको थियो । यता राउण्ड १६ को खेलमा डेनमार्कलाई २–० ले पराजित गरेको जर्मनीको यात्रा क्वाटरफाइनलमै सिमित बनेको छ ।

यस युरोकपका स्पेन प्रमुख उपाधि दाबेदार टोली हो । स्पेनले अहिलेसम्म तीन पटक युरोकपको उपाधि जितेको छ ।स्पेनले १९६४, २००८ र २०१२ मा युरोकपको उपाधि जितेको थियो । त्यस्तै स्पेन १९८४ मा उपविजेता बनेको थियो ।

प्रकाशित समय : ०६:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु