nmb bank

गृहपृष्ठ बेइजिङ प्लसमा दलित महिलाका मुद्दा उठाउन जरुरी

बेइजिङ प्लसमा दलित महिलाका मुद्दा उठाउन जरुरी

बेइजिङ प्लसमा दलित महिलाका मुद्दा उठाउन जरुरी

अन्तर लैङ्गिक सहभागितालाई विश्व महिला सम्मेलन ‘बेइजिङ प्लस’ मा जोड दिन महिला अधिकारकर्मीहरुले सुझाव दिएको छ । उक्त सम्मेलनमा दलित महिलाका मुद्दालाई प्राथमिकताका साथ उठाउन आवश्यक रहेको उनीहरुले सुझाव दिएको हो ।

काठमाडौँमा आज दलित महिला सङ्घ ९फेडो० ले दलित महिला पत्रकार र अधिवक्ताहरुबीच अन्तरक्रिया गरेको थियो । उक्त अन्तरक्रियामा सन् २०२५ मा हुन लागेको बेइजिङ प्लस सम्मेलनमा दलित महिलाका मुद्दा उठाउने अधिकारकर्मी दुर्गा शोवले बताए । फेडोको संस्थापक अध्यक्षसमेत रहेका शोवले अन्तर लैङ्गिकताका विषयमा कार्यपत्र प्रस्तुत गरेको थियो ।

“महिला भित्रै हुने विभेदमा पनि दलित महिला चरम विभेदमा छन्,” उनले भने, “हामीले मुद्दा उठाउँदा फरक अवस्था र लैङ्गिकताको अध्ययन गरेर उठाउनुपर्ने देखिन्छ ।” उनले फेडोले यिनै दलित महिलाका फरक भोगाई, चुनौती र समस्याका विषयलाई प्रमुख मुद्दा बनाएर बेइजिङ सम्मेलनमा प्रतिवेदन पेस गर्ने बताए ।

अनुसन्धानकर्ता एवं मानव अधिकार अध्येता तनुजा बस्नेतले समग्र महिलाको तुलनामा दलित महिलाको अवस्था नितान्त फरक रहेको बताए । तसर्थ विश्व सम्मेलनमा दलित महिलाको मुद्दालाई छुट्टै र विशेष तरिकाले ध्यानार्कषण गराउन जरुरी रहेको उहाँको बुझाइ छ । “सीमान्तकृत समुदायको आवाज विश्वमा पु(याउने थलो भनेको बेइजिङ प्लस सम्मेलन हो”, उनले भन, “अन्तर लैङ्गिकताको विषयमा दलित महिलाका मुद्दा कमै उठाइन्छ, जुन संवेदनशील छ ।”

सन् २०२५ मार्च ३० मा बेइजिङ प्लस हुँदैछ । यो बेइजिङ सम्मेलनको ३०औँ वार्षिकोत्सव हो । सम्मेलनमा नेपालका तर्फबाट महिलाका मुद्दा उजागर गर्दा दलित महिलालाई विशेष ध्यानाकर्षण गराउने उद्देश्यले फेडोले लक्षित वर्गसमक्ष सुझाव लिएको फेडोका महासचिव रेणु सिजापतीले बताए । अन्तरक्रियामा दलित महिला पत्रकार र अधिवक्ताहरुले लिखित रुपमा बुँदागत सुझाव दिएको थियो ।

प्रकाशित समय : १९:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु