nmb bank

गृहपृष्ठ रियलमी – मिस्टर नेपालको मुख्य प्रायोजक

रियलमी – मिस्टर नेपालको मुख्य प्रायोजक

रियलमी – मिस्टर नेपालको मुख्य प्रायोजक

सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमी मिस्टर नेपालको मुख्य प्रायोजक भएको छ ।
युवाहरूको व्यक्तित्व विकास,आत्म विश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता विकास गर्ने उद्देश्यले नेक्स्ट मोडल्स नेपालले २०१६ देखि नियमित रुपमा मिस्टर नेपालको आयोजना गर्दै आएको छ ।

रियलमी नेपालका कन्ट्री हेड मुनिशगिरीले भने, “मिस्टर नेपालसँग सहकार्य गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौं । रियलमीकाग्राहकहरू नै रियलमीको असली पहिचान हुन् र नेपाली युवाहरूसँग जोडिनको लागि मिस्टर नेपाल उपयुक्त प्लेटफर्म हो ।”

त्यस्तै, नेक्स्ट मोडल्स नेपालका सीईओ रविधमलाले भने, “मिस्टर नेपाल २०२४ को टाइटल स्पोन्सरको रूपमा रियलमीसँग सहकार्य गर्न पाउँदाहामी हर्षित छौं । यो सहकार्य हाम्रो लागि महत्वपूर्ण कोसेढुङ्गा हो। हामीलाई आशा छ यो सहकार्यले मिस्टर नेपाललाई नयाँ उचाइमा पुर्याउने छ ।”

मिस्टर नेपालसँगको यस सहकार्यले नेपाली युवा उपभोक्ताहरुसँग विश्वासिलो सम्बन्ध निर्माण गर्ने र नेपाली बजारमा आफ्नो बलियो छप छोड्ने रियलमीको प्रतिवद्धतालाई झल्काउँछ ।

देशभर रहेका युवाहरूलाई सहभागिताको अवसर प्रदान गर्दै उत्कृष्ट प्रतिभा चयन गर्न देशभर अडिसन गर्न लागेको आयोजकको भनाई छ । झापाबाट शुरु भएको ‘रियलमी मिस्टर नेपाल २०२४’ को अडिसन यसपछि विराटनगर, जनकपुर, हेटौंडा, चितवन, बुटवल, नेपालगन्ज, धनगढी, पोखरामा हुँदै काठमाडौंमा समापन हुने छ ।

 

प्रकाशित समय : १७:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु