nmb bank

गृहपृष्ठ ‘बजेटको उद्देश्य सामाजिक न्याय हासिल गर्नु हो’

‘बजेटको उद्देश्य सामाजिक न्याय हासिल गर्नु हो’

‘बजेटको उद्देश्य सामाजिक न्याय हासिल गर्नु हो’

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बजेटको उद्देश्य सुशासन कायम , सामाजिक न्याय र समृद्धि हासिल गर्नु हो भनेकी छन् ।

राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८१ माथिको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का तर्फबाट राष्ट्रपतिको कार्यालय, उपराष्ट्रको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय योजना आयोगअन्तर्गत विनियोजित बजेटका शीर्षकमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री शर्माले प्रस्तुत गरेको बजेट समन्यायिक र नतिजामूलक रहेको बताइन ।

मन्त्री शर्माले बजेटमा दलित विकास प्राधिकरणको अवधारणा समेटिएको, समृद्धि हासिल गर्न विभिन्न विकासका योजनाहरु राखिएको हिमाल, पछाडि पारिएका क्षेत्र र सुदुपश्चिमा उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न विशेष कार्यक्रम राखिएको बताइन । उनले बजेट व्यावहारिक र प्रतिफल दिने खालको भएको स्पष्ट पार्दै पाँच उद्देश्य, पाँच प्राथमिकता, आर्थिक रुपान्तरणका परियोजनाका लागि बजेट विनियोजन गरिएको जानकारी दिइन ।

 

प्रकाशित समय : १७:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु