nmb bank

गृहपृष्ठ शाओमीले ल्यायो रेड्मी नोट १३ सिरिजमा जुलाई ज्याकपट अफर

शाओमीले ल्यायो रेड्मी नोट १३ सिरिजमा जुलाई ज्याकपट अफर

शाओमीले ल्यायो रेड्मी नोट १३ सिरिजमा जुलाई ज्याकपट अफर

ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आफ्नो नेपाली ग्राहकहरुको लागि जुलाई ज्याकपट अफर शुरु गरेको छ ।

यस अफरको साथ ग्राहकहरूले रेड्मी नोट १३ सिरिज मोडेलहरूमा ४००० सम्म छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरूले रेड्मी नोट १३, रेड्मी नोट १३ प्रो र रेड्मी नोट १३ प्रो प्लस ५ जि मा उत्कृष्ट छुटहरू १ जुलाईदेखि ३१ जुलाईसम्म शाओमीका नेपालभरका रिटेल आउटलेटहरूमा र सबै आधिकारिक मी स्टोरहरूमा पाउन सकिनेछ ।

अफरको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर श्री मनु मनस्वीले भने, “ हाम्रा नेपाली ग्राहकहरुले उत्कृष्ट मूल्यमा अत्याधुनिक प्रविधि उपलब्ध गराउन प्रतिबद्ध छौं । टेक्नोलोजी सबैको लागि पहुँचयोग्य हुनुपर्छ भन्नेमा हामी विश्वास गर्दछौं र यी यस्ता अफरहरुले हाम्रो इनोभेटिभ र हाई–क्वालिटी स्मार्ट्फोनहरु अझ धेरै मानिसहरूका लागि उपलब्ध गराउने हामीले लक्ष्य राखेका छौँ ।” ग्राहकहरूले अब रेड्मी नोट १३, रेड्मी नोट १३ प्रो र रेड्मी नोट १३ प्रो प्लस ५ जि मा धेरै पैसा खर्च नगरिकन प्रिमियम सुविधाहरू र शीर्ष–स्तरीय प्रदर्शनको आनन्द लिन सक्छन् ।

अफरहरु:

रेड्मी नोट १३:
६/१२८ जीबीस् पुरानो मूल्य २४,९९९ , अफर मूल्य २३,९९९ मात्र
८/२५६ जीबीस् पुरानो मूल्य २७,९९९ , अफर मूल्य २६,९९९ मात्र

रेड्मी नोट १३ प्रो:
८/२५६ जीबीस् पुरानो मूल्य ३४,९९९ , अफर मूल्य ३२,९९९ मात्र
१२/५१२ जीबीस् पुरानो मूल्य ३९,९९९ , अफर मूल्य ३५,९९९ मात्र

रेड्मी नोट १३ प्रो प्लस ५जीः
८/२५६ जीबीस् पुरानो मूल्य ४७,९९९ , अफर मूल्य ४५,९९९ मात्र
१२/५१२ जीबीस् पुरानो मूल्य ५२,९९९ , अफर मूल्य ५०,९९९ मात्र

रेड्मी १३ नोट सिरिज अन्तर्गत तीन मोडेलका फोनहरु उपलब्ध छन् – रेड्मी नोट १३, रेड्मी नोट १३ प्रो र रेड्मी नोट १३ प्रो प्लस ५ जि । ६ं१२८ जिबी र ८ं२५६ जिबी गरी दुई स्टोरेज भेरियन्टमा उपलब्ध रहेको रेड्मी नोट १३ मा १२० हर्जको एमोलेड डिस्पले, इन–डिस्प्ले फिङ्गर प्रिन्ट सेन्सर, १०८ मेगापिक्सेल ट्रिपल ए.आई क्यामरा रहेको छ । त्यसैगरी रेड्मी नोट १३ प्रो इन–डिस्प्ले फिङ्गर सेन्सर, २०० मेगापिक्सेल क्यामरा र शक्तिशाली हेलियो जि ९९ अल्ट्रा प्रोसेसर र ८ं२५६ जिबी स्टोरेज र १२ जिबिं ५१२ जिबी स्टोरेज गरी दुई भेरियन्टमा उपलब्ध छ । रेड्मी नोट १३ प्रो प्लस ५ जि मा भने २०० मेगापिक्सेल ट्रिपल क्यामेरा, कर्भड् डिस्प्ले, आइपी ६८ रेतिंग भएको हुदा धुलो र पानीबाट पनि बचाउँदछ र १२० वाटको चार्जर सहित ८२५६ जिबी स्टोरेज र १२ जिबिं ५१२ जिबी स्टोरेज गरी दुई भेरियन्टमा उपलब्ध छ ।

१ जुलाईदेखि ३१ जुलाईसम्म लागु हुने यो जुलाई ज्याकपट अफर शाओमीका नेपालभरका रिटेल आउटलेटहरू र सबै आधिकारिक मी स्टोरहरूमा उपलब्ध छ ।

प्रकाशित समय : १७:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु