nmb bank

गृहपृष्ठ दिक्तेलबाट सहाराविहीन दुईजनाको उद्धार

दिक्तेलबाट सहाराविहीन दुईजनाको उद्धार

दिक्तेलबाट सहाराविहीन दुईजनाको उद्धार

दिक्तेल बजारमा कष्टपूर्ण जीवन बिताइरहेका सहाराविहीन दुईजनाको उद्धार गरिएको छ । शारीरिक तथा मानसिक समस्यामा परेर खुला सडकपेटीमा जीवन बिताइरहेका एक महिला र एक पुरुषलाई प्रहरीले उद्धार गरेर मानवसेवा आश्रम विराटनगर पठाएको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले निःशुल्क उपलब्ध गराएको एम्बुलेन्समार्फत उनीहरुलाई बिहीबार साँझ मानवसेवा आश्रम पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिए ।

अन्दाजी ३०/३५ वर्षका ती पुरुष स्थानीय बासिन्दाले दिएको खानेकुरा खाएर खुला आकाशमुनि बस्दै आएका थिए । बोल्न नसक्ने भएकाले उनको नाम थर एवम् ठेगाना थाहा नभएको प्रहरीले जनाएको छ । यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ शङ्खु घर र हस्तकला राई नाम बताउने अन्दाजी ४५÷४६ वर्षीया मानसिक समस्या भएकी महिलाको पनि उद्दार गरिएको छ ।

नगरप्रमुख तीर्थराज भट्टराईले बेसहारा बनेका व्यक्तिको जीवनयापन तथा सडक मानवमुक्त बनाउन नगरपालिकाले प्रहरीसँगको सहकार्यमा कार्यक्रम गरिरहेको बताए ।

 

प्रकाशित समय : १६:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु