nmb bank

गृहपृष्ठ गोर्खा मिडियाले रवि संलग्न सहकारीको ६३ करोड ऋण लिएको खुलासा

गोर्खा मिडियाले रवि संलग्न सहकारीको ६३ करोड ऋण लिएको खुलासा

गोर्खा मिडियाले रवि संलग्न सहकारीको ६३ करोड ऋण लिएको खुलासा

सहकारी छानबिन समितिले सुप्रिम सहकारीबाट ६३ करोड बढी रकम जिबी राई आबद्ध कम्पनीमा प्रवाह भएको जानकारी पाएको छ ।

संसदीय समितिले शुक्रबार गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख श्यामलाल ज्ञवाली र अपराध अनुसन्धान विभाग प्रमुख टेकबहादुर तामाङसँग छलफल गरेको समिति सदस्य शिशिर खनालको भनाइ छ ।

यता समितिका संयोजक सूर्य थापाले जिबी राई आबद्ध कम्पनीमा सुप्रिम सहकारीबाट करिब ६३ करोड रकम प्रवाह भएको बताए।

यस्तै, गृहमन्त्री रवि लामिछाने संलग्न रहेको गोरखा मिडियामा मात्रै १० करोड ९९ लाख रकम प्रवाह भएको उनले भनाइ छ ।

त्यस्तै प्रहरी अधिकारीहरूले देशभरि ५५ हजार ४१० जनाले ५०३ वटा सहकारीसम्बन्धी उजुरी दर्ता गरेको बताएका थिए। तीमध्ये हालसम्म ९८ उजुरीमा अनुसन्धान सकेर मुद्दा चलाइएको छ। अधिकांश उजुरी काठमाडौंमै दर्ता भएका छन्। काठमाडौंमा मात्रै ४० हजार बढीले उजुरी दिएका छन् ।

 

प्रकाशित समय : १६:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु