nmb bank

गृहपृष्ठ एकीकृत समाजवादीले चयन गर्यो ९३ केन्द्रीय सदस्य

एकीकृत समाजवादीले चयन गर्यो ९३ केन्द्रीय सदस्य

एकीकृत समाजवादीले चयन गर्यो ९३ केन्द्रीय सदस्य

नेकपा एकीकृत समाजवादीले ९३ जना केन्द्रीय सदस्य चयन गरेको छ । साविकको पोलिट्ब्युरोका सदस्य र प्रदेश अध्यक्षलाई समावेश गरेर केन्द्रीय समिति घोषणा गरिएको हो ।

एकीकृत समाजवादीको १०औं महाधिवेशनबाट उनीहरु केन्द्रीय समितिमा सर्वसम्मत मनोनित भएका हुन् । गत असार १६ गतेदेखि सुरु भएको महाधिवेशनले अध्यक्ष, सम्मानित नेता र महासचिवमात्रै चयन गरेको छ । महाधिवेशनले माधवकुमार नेपाललाई अध्यक्षमा, झलनाथ खनाललाई सम्मानित नेता र घनश्याम भुसाललाई महासचिवमा सर्बसम्मत चयन गरेको छ ।

अन्य पदाधिकारी चयन गर्ने जिम्मा भने सचिवालयलाई दिइएको छ ।

 

प्रकाशित समय : १५:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु