nmb bank

गृहपृष्ठ माथिल्लो र तल्लो मनाङ आवतजावत विच्छेद

माथिल्लो र तल्लो मनाङ आवतजावत विच्छेद

माथिल्लो र तल्लो मनाङ आवतजावत विच्छेद
मनाङ जिल्लाको माथिल्लो र तल्लो भागलाई जोड्ने पुलमा बाढीले क्षति पु-याउँदा दुई भेगबीच आवतजावत पूर्णरुपमा विच्छेद भएको छ । जिल्लाको एक मात्र स्थलमार्गअन्तर्गत चामे गाउँपालिका–१ तिमाङ झरनामा आएको बाढीले मोटरेवल पुलमा क्षति पुर्याउँदा आवतजावतमा समस्या भएको हो ।
यही असार १७ गते तिमाङ झरनामा बाढी तथा ठूलाठूला ढुङ्गा र गेग्रानसँगै आएको पहिरोले मोटरेवल पुलमा क्षति पु¥याएको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिए ।
पुलमा क्षति भएपछि तल्लो मनाङका स्थानीयलाई सदरमुकाम पुग्न समस्या भएको स्थानीय फुर्वा लामाले बताए । “सदरमुकामसम्म आउन तल्लो मनाङका स्थानीयले सकस भोग्नुपरेको छ । बाढीले पुलमा क्षति भएपछि चामे पुग्न सक्ने अवस्था छैन”, उनले भने, “सबैजसो कार्यालय सदरमुकाममा छन् । अत्यावश्यक कामबाट पनि तल्लो भागका स्थानीय वञ्चित भएका छन् ।”
बाढी कम नहुँदासम्म पुल मर्मत गर्न सकिने अवस्था नरहेको लामाले बताए । एक मात्र स्थलमार्ग भएको जिल्लामा पटकपटकको बाढी र पहिरोका कारण आवागमनमा सास्ती हुँदै आएको उनको भनाइ छ । अत्यावश्यक काम परेर सदरमुकामका साथै जिल्ला बाहिर जानुपर्दा तिमाङ खोला र तिमाङ झरना कट्न सकिने अवस्था नभएको उनको गुनासो छ ।
स्थानीय मिनकासी गुरुङले असारमा कामको चापले सदरमुकाम जानुपर्ने बाध्यता रहेको भन्दै सडकका कारण निकै समस्या भोग्नुपरेको बताए । “जिल्लाका बासिन्दा मनसुनको सुरुआतमा नै समस्या भोग्न बाध्य छन् । बाढीपहिरोले बाटो बन्द हुने, हिँडेर जान सास्ती, सवारीसाधन सञ्चालन गर्ने अवस्था छैन । मनाङको यो समस्या कहिलेसम्म ? कहिले यस्ता समस्याका समाधान होलान् ?”, उनले प्रश्न गरे ।
तल्लो मनाङ बाढीपहिराको मारमा पर्दै आएको छ । नासों गाउँपालिका–५ का वडाध्यक्ष थुतेन लामाले अहिले बाढीले क्षति पुर्याएको स्थानमा वैकल्पिक मार्ग निर्माण गर्न सकिने अवस्था नभएको बताए । मस्र्याङ्दी नदी किनारकिनारै सडक निर्माण भएकाले वैकल्पिक व्यवस्था नहुँदा तल्लो भागका स्थानीय बढी समस्यामा परेका उनको भनाइ छ ।

प्रकाशित समय : १५:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु