global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ एकीकृत समाजवादीको महाधिवेशनमा आज समूह नेताको प्रस्तुति

एकीकृत समाजवादीको महाधिवेशनमा आज समूह नेताको प्रस्तुति

एकीकृत समाजवादीको महाधिवेशनमा आज समूह नेताको प्रस्तुति

नेकपा एकीकृत समाजवादीको महाधिवेशन आज पनि जारी रहने छ । महाधिवेशन अन्तर्गत आज दलको राजनीतिक दस्तावेज, समाजवादी कार्यक्रम, विधान र सांगठनिक दस्तावेजमा आएका सुझाव पेश गर्ने कार्यक्रम रहेको छ ।

उक्त दस्तावेजबारे प्रतिनिधिहरुलाई १२ समूहमा विभाजन गरी छलफल गरिएको छ । छलफलबाट आएका सुझावलाई आज बिहान ११ बजे सुरु हुने बैठकमा टोली नेताले प्रस्तुत गर्नेछन् ।

समूहका टोली नेताको प्रस्तुति सकिएपछि दस्तावेज परिमार्जनसहित अनुमोदन हुने एकीकृत समाजवादीले जनाएको छ ।

महाधिवेशनमा देशभरबाट एक हजार ८४९ प्रतिनिधि छनोट सहमाभागी छन् । ती प्रतिनिधिले २९९ केन्द्रीय सदस्य, २१ पदाधिकारी चयन गर्नेछन् ।

विधान संशोधन गरी पार्टीको सम्मानित नेता, वरिष्ठ नेताको पद सिर्जना गरिएको छ ।

आइतवार सुरु भएको महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै भोलि समापन हुने एकीकृत समाजवादीले जनाएको छ ।

प्रकाशित समय : ०७:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु