nmb bank

गृहपृष्ठ ‘सव–टाइटल ट्यालेन्ट ड्रेसेज फोटोजेनिक पुरस्कार’ फलेंसालाई

‘सव–टाइटल ट्यालेन्ट ड्रेसेज फोटोजेनिक पुरस्कार’ फलेंसालाई

‘सव–टाइटल ट्यालेन्ट ड्रेसेज फोटोजेनिक पुरस्कार’ फलेंसालाई

यस वर्षको ‘सव–टाइटल ट्यालेन्ट ड्रेसेज फोटोजेनिक पुरस्कार’ फलेंसा रघुवंशीलाई प्रदान गरिएको छ । बालबालिकाको प्रतिभा प्रदर्शन गर्ने उद्देश्यले आयोजना गरिएको मिस्टर एण्ड मिसेस जुनियर र सिनियर आइडल–२०२४ मा उनलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

स्पार्क इन्टरटेन्टमेन्टले आयोजना गरेको उक्त प्रतियोगितामा ३१ जना बालबालिकाको सहभागिता थियो । बाह्र वर्षे फलेंसा रघुवंशीले ट्यालेन्ट राउन्डमा भरतनाट्य नृत्य अन्तर्गत पुष्पांजलि र महिषासुर मर्दिनीको उत्कृष्ट प्रस्तुती गरेकाले पुरस्कृत गरिएको हो ।

फलेंसाले क्लासिक कल्चर सेन्टरमा विगत पाँच वर्षेदेखि स्वजन रघुवंशी र प्रमिला श्रेष्ठसँग भरत नाट्यमा लोक तथा चर्या नृत्य सिकेकी थिइन । कक्षा ८ मा अध्यनरत फलेंसाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न मञ्चमा समेत नृत्य प्रस्तुत गर्दै आएका छन् ।

 

प्रकाशित समय : १२:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु