nmb bank

गृहपृष्ठ कर्मचारी सरुवा अनिश्चितकालका लागि स्थगित

कर्मचारी सरुवा अनिश्चितकालका लागि स्थगित

कर्मचारी सरुवा अनिश्चितकालका लागि स्थगित

सरकारले कर्मचारी सरुवा तत्काललाई स्थगन गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सूचना जारी गरी तत्कालका लागि कर्मचारी सरुवासम्बन्धी कार्य स्थगित गरिएको जानकारी दिएको हो ।

कर्मचारी सरुवालाई व्यवस्थित गर्न सरुवासम्बन्धी मापदण्ड तयारी गर्नुपर्ने भएकाले अर्को सूचना प्रकाशित नभएसम्मका लागि सरुवासम्बन्धी कार्य स्थगित गरिएको मन्त्रालयका शाखा अधिकृत सुरेश श्रेष्ठले जारी गरेको सूचनामा उल्लेख छ ।

पहुँच र भनसुनका आधारमा मनमौजी सरुवा हुँदा प्रशासनिक काम कारवाहीसमेत प्रभावित हुँदै आएको थियो ।

 

प्रकाशित समय : ०९:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु