nmb bank

गृहपृष्ठ दुई महिनादेखि गैरहाजिर भएका १३ प्रहरीलाई सम्पर्कमा आउन आग्रह

दुई महिनादेखि गैरहाजिर भएका १३ प्रहरीलाई सम्पर्कमा आउन आग्रह

दुई महिनादेखि गैरहाजिर भएका १३ प्रहरीलाई सम्पर्कमा आउन आग्रह

प्रहरी प्रधान कार्यालयले आफूखुसी गैरहाजिर रहेका १३ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ।

कार्यालयले आज एक सूचना जारी गर्दै गैरहाजिर हुनुको कारण खुल्ने सन्तोषजनक स्पष्टीकरणसहित सात दिनभित्र उपस्थित नभए ती प्रहरी कर्मचारीहरूलाई प्रहरी नियमावलीको नियम १०९ को देहाय (ख) १ बमोजिम सेवाबाट हटाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

गैरहाजिर हुनेहरूमा एक प्रहरी सहायक निरीक्षक, दुई जना प्रहरी सहायक हवलदार र ८ जना प्रहरी जवान छन्। त्यस्तै दुई जना प्राविधिक प्रहरी जवान पनि गैरहाजिर छन्।

प्रहरी प्रधान कार्यालयले उनीहरूको खोजतलास गराउँदा र प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत ती प्रहरी कर्मचारीहरू सम्पर्कमा नआएका जनाएको छ।

 

प्रकाशित समय : ०८:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु