nmb bank

गृहपृष्ठ चालु आवमा चुरे क्षेत्रमा ११ पोखरी निर्माण तथा व्यवस्थापन

चालु आवमा चुरे क्षेत्रमा ११ पोखरी निर्माण तथा व्यवस्थापन

चालु आवमा चुरे क्षेत्रमा ११ पोखरी निर्माण तथा व्यवस्थापन

राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति, कार्यान्वयन एकाइ चितवनले चुरे क्षेत्रमा ११ पोखरी निर्माण तथा व्यवस्थापन गरेको छ ।

कार्यालय प्रमुख श्यामबाबु लोप्चनले चालु आर्थिक वर्षमा कार्यालयको क्षेत्रमा पर्ने चितवन, मकवानपुर, नवलपुर (बर्दघाट–सुस्ता पूर्व), बारा र पर्सामा पोखरी निर्माण तथा व्यवस्थापन गरिएका बताए । चितवनमा पर्ने राप्ती नगरपालिका–९ रसौलीमा चार रोपनी क्षेत्रफलमा एक करोड लिटर पानी जम्मा हुने गरी रु ३५ लाखको लागतमा पोखरी निर्माण गरिएको र चितवन राष्ट्रिय निकुञ्जभित्र पर्ने गैँडा ताललाई रु आठ लाखको लागतमा चार रोपनी क्षेत्रफलमा विस्तार गरिएको जानकारी दिए । “वन्यजन्तुलाई पानीको सहजताका लागि पोखरी निर्माण तथा विस्तार गरिरहेका छौँ । यो वर्ष त्यसलाई निरन्तरता दिएका छौँ । यहाँ खडेरीमा पनि वन्यजन्तुलाई पानीको समस्या नहुने गरी पोखरी व्यवस्थापन गरिएका छन्”,।

यसैगरी नवलपुरको कावासोतीस्थित बुद्ध सामुदायिक वनमा रु पाँच लाखको लागतमा दुई रोपनी क्षेत्रफलमा नयाँ तालको संरचना निर्माण गरिएको छ । मकवानपुरको मनहरी गाउँपालिका–६ मा रु २० लाखको लागतमा मोरङ्गे तालको क्षेत्र विस्तार तथा पर्यापर्यटनको दृष्टिले पनि उपयुक्त भएकाले पदमार्गसँगै पर्यटकका लागि आवश्यक पूर्वाधार निर्माण गरिएका गरिए लोप्चनले बताए । हेटौँडा उपमहानगरपालिका–१६ शक्ति खोलामा एकै स्थानमा तीन पोखरी निर्माण गरिएका छन् । रु पाँच लाखका दरले निर्माण गरिएका ती पोखरी दुई–दुई रोपनी क्षेत्रफलमा फैलिएका छन् ।

यस्तै हेटौँडा–१५ स्थित कर्णे खोलामा तीन रोपनी क्षेत्रफलमा र बकैया–३ मा पर्ने चम्पा खोलामा रु पाँच लाखको लागतमा पोखरी निर्माण गरिएको कार्यालयले जनाएको छ । एकाइले बाराको पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने तीन कुवा पोखरीलाई पुनःनिर्माण गरेको जनाएको छ । रु १० लाखको लागतमा निर्माण गरिएको पोखरी तीन रोपनी क्षेत्रफलमा फैलिएको छ । बाराको जितपुर सिमारा–१६ मा रहेको हलखोरीयामा रु १३ लाखको लागतमा हात्तीघोल ताल व्यवस्थापन गरिएको छ । यो ताल आठ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

प्रकाशित समय : २०:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु