nmb bank

गृहपृष्ठ बैंकहरुको घट्दो सिडी रेसियो, अन्तर बैंक ब्याजदर २.९६ प्रतिशत

बैंकहरुको घट्दो सिडी रेसियो, अन्तर बैंक ब्याजदर २.९६ प्रतिशत

बैंकहरुको घट्दो सिडी रेसियो, अन्तर बैंक ब्याजदर २.९६ प्रतिशत

 

बैंकहरुको सिडी रेसियो घट्दै गएको छ । सिडी रेसियो घट्दै ७९.८३ प्रतिशत कायम भएको हो । अघिल्लो दिन सिडी रेसियो ७९.८७ प्रतिशत थियो । सिडी रेसियो घट्दै जानु बैंकमा लगानीयोग्य पैसा थुप्रिदै जानु हो । कर्जाको माग कम हुँदा बैंकमा लगानी योग्य रकम वृद्धि हुँदै जान्छ ।

बैंकिङ्ग प्रणालीमा एकै दिन २ अर्ब रुपैयाँले निक्षेप वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार मंगलबारसम्म ६२ खर्ब ६३ अर्ब रहेको निक्षेप बुधबारसम्म ६२ खर्ब ६५ अर्ब पुगेको हो।

त्यस्तै, मंगलबारसम्म कर्जा प्रवाह ५१ खर्ब ३६ अर्ब रहेकोमा बुधबार ५१ खर्ब ३५ अर्ब पुगेको हो। एकै दिनमा कर्जा प्रवाह १ अर्बले घटेको छ ।

बुधबारसम्म वाणिज्य बैंकमा निक्षेप ५५ खर्ब ४६ अर्ब पुगेको छ भने वाणिज्य बैंकबाट ४५ खर्ब ४३ अर्ब कर्जा प्रवाह भएको छ । अन्तर बैंक ब्याजदर २.९६ प्रतिशत छ।

 

प्रकाशित समय : १९:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु