गृहपृष्ठ गरिमा विकास बैंक लिमिटेडका ग्राहकलाई विभिन्न संस्थाका वस्तु तथा सेवामा ६०% सम्मको छुट
गरिमा विकास बैंक लिमिटेडका ग्राहकलाई विभिन्न संस्थाका वस्तु तथा सेवामा ६०% सम्मको छुट
गरिमा विकास बैंक लिमिटेडका ग्राहकलाई विभिन्न संस्थाका वस्तु तथा सेवामा ६०% सम्मको छुट
गरिमा विकास बैंक लिमिटेडका ग्राहकले विभिन्न व्यवसायिक संस्थाकावस्तु तथा सेवामा विशेष छुट प्राप्त गर्ने भएका छन् ।
शिक्षा,स्वास्थ्य तथा दैनिक उपभोग्य वस्तु तथा सेवा आपूर्तिकर्ताहरूसँगको समन्वयमा विकास बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने व्यवस्था विकास बैंकले मिलाएको हो ।
सम्झौतापश्चात गरिमा विकास बैंकको डेविटकार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गप्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुले उपलब्ध गराउने विभिन्न साम्रगी तथा सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।विकास बैंकका ग्राहकहरुले आधारित कोडिङ शैक्षिक संस्थाको अधिकृत साझेदार सेवामा अधिकतम ६०% सम्म छुट पाउने छन् ।
यसैगरी विकास बैंककाग्राहकहरुले लगनखेल ललितपुरमाअवस्थितपेडलसाईकलहाउसमा साइकलखरिदमाअधिकतम १५ %र तिलोत्तमा ५ रुपन्देहीमा अवस्थित वस्तु तथा सेवाहरुमाअधिकतम १० % सम्मछुट प्राप्त गर्न सक्नेछन् । यस किसिमको सहकार्यबाट विकास बैंकका डेविट कार्ड,क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गप्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमालाभान्वितहुने विश्वास बैंकले लिएको छ ।
काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीयकार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाण्डौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखाकार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा ब्त्ःमार्फत ग्राहकहरुलार्ई वित्तीय सेवाप्रदानगर्दै आईरहेको छ ।
प्रकाशित समय : १८:३१ बजे




















