nmb bank

गृहपृष्ठ श्री एयरलाइन्सले भरतपुर विमानस्थलमा गर्‍यो ‘प्रुभिङ फ्लाइट’, अब व्यावसायिक उडान कहिलेदेखि?

श्री एयरलाइन्सले भरतपुर विमानस्थलमा गर्‍यो ‘प्रुभिङ फ्लाइट’, अब व्यावसायिक उडान कहिलेदेखि?

श्री एयरलाइन्सले भरतपुर विमानस्थलमा गर्‍यो ‘प्रुभिङ फ्लाइट’,  अब व्यावसायिक उडान कहिलेदेखि?

श्री एयरलाइन्सले काठमाडौंबाट भरतपुरमा ‘प्रुभिङ फ्लाइट’ गरेको छ। श्रीले बिहिबार बम्बार्डियर कम्पनीको क्यू-४०० सिरिजको जहाज भरतपुर विमानस्थलमा अवतरण गरेको हो।

८० सिट क्षमताको जहाज क्याप्टेन भरत सिंह थापा र क्याप्टेन संगम लाल मास्केले उडान गरेका हुन्। उडानमा क्यानका प्राविधिक पनि सहभागी थिए।

‘प्रुभिङ फ्लाइट’ गर्ने क्रममा भरतपुर विमानस्थलमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ, क्यानका महानिर्देशक प्रदीप अधिकारी लगायत उपस्थित थिए।

भरतपुर विमानस्थलमा अहिले बुद्ध एयरले मात्र मात्र नियमित व्यावसायिक उडान गर्दै आएको छ। बुद्धले प्रयोग गर्दै आएको एटीआर-४२ सिरिजको ४२ सिटे जहाज फेजआउट हुने चरणमा रहेकाले भरतपुरमा उडान सेवा नै ठप्प हुने देखिएका कारण नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले श्रीलाई क्यू-४०० सिरिज जहाज ‘प्रुभिङ फ्लाइट’ गर्न अनुमति दिएको हो।

भरतपुर विमानस्थलको धावनमार्गको लम्बाई करिब १३ सय मिटर छ। जहाँ एटीआर-७२ जहाजलाई अवतरण गर्न गाह्रै मानिन्छ।

तर, श्रीको बम्बार्डियर कम्पनीको क्यू-४०० सिरिजको जहाज भरतपुरमा सहजै अवतरण गरेको छ। श्रीसँग हाल क्यू-४०० जहाज ६ वटा, सीआरजे-२०० जहाज २ वटा र सीआरजे-७०० जहाज २ वटा छन्।

क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलले श्रीले भरतपुरमा सफलतापूर्वक ‘प्रुभिङ फ्लाइट’ गरेकाले अब यो गन्तव्यमा व्यावसायिक उडानको अनुमति दिने सम्बन्धमा थप प्रक्रिया अगाडि बढाउने बताए ।

भरतपुर विमानस्थलमा अहिले बुद्ध एयरले मात्र मात्र नियमित व्यावसायिक उडन गर्दै आएको छ। बुद्धले प्रयोग गर्दै आएको एटीआर-४२ सिरिजको जहाज फेजआउट हुने चरणमा छ।

भरतपुरमा उडान सेवा नै ठप्प हुने देखिएका कारण क्यानले श्रीलाई क्यू-४०० सिरिज जहाज ‘प्रुभिङ फ्लाइट’ गर्न अनुमति दिएको हो।

श्रीसँग हाल क्यू-४०० जहाज ६ वटा, सीआरजे-२०० जहाज २ वटा र सीआरजे-७०० जहाज २ वटा छन्।

प्रकाशित समय : १६:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु