गृहपृष्ठ प्रथम नेपाल आँप फेस्ट आजदेखि सुरू
प्रथम नेपाल आँप फेस्ट आजदेखि सुरू
{"caption":"u092bu093eu0907u0932 u0924u0938u094du092cu093fu0930","photographer":"","alt_text":""}
प्रथम नेपाल आँप फेस्ट, २०८१ (शुक्रबार) आजदेखि सुरू भएको छ।
किसान भेञ्चर र काठमाडौं अर्गानिक्सको संयुक्त आयोजनामा आँप फेस्ट सुरू भएको हो।
नेपाली आँपको प्रचलन बढाउनु, नेपाली किसानलाई प्रोत्सहन गर्नु र उपभोक्ताहरूलाई विषादीरहित स्वास्थ्य आँपको पहुँच पुर्याउनु फेस्टको प्रमुख उद्देश्य रहेको आयोजकले जानकारी दिएको छ।
नेपालमा पछिल्लो समय भारतबाट आँपको अत्यधिक आयात भइरहेको छ। नेपाली आँपको सिजन ४५ दिन मात्र चल्छ र यस अवधिमा पनि हामी भारतीय आँप आयात गरिरहेका छौं, जारी विज्ञप्तिमा भनिएको छ,विषादी प्रयोग गरिएको महँगा आँपहरू उपभोग गर्नुको सट्टा स्वदेशी उत्पादनलाई बढावा दिनुपर्छ।
आयोजकका अनुसार फेस्ट काठमाडौंमा शुक्रबारदेखि आइतबारसम्म चल्नेछ। सर्लाही, सप्तरी र सिराहाका ५० जना किसानबाट आँप ल्याएर फेस्ट आयोजना गर्न लागिएको हो।
फेस्टमा प्राकृतिक रूपमा पाकेका वा पकाइएका मालदह, जर्दा, बमोइ, गुलाब खास, अम्रपाली, कलकत्तिया, दसहरी लगायत १५ भेराइटीका आँपहरू उपलब्ध हुनेछन्।
आँप फेस्टमा ग्राहकले आँपको स्वाद चाखेर पाँच र बीस किलोको बक्समा किन्ने सुविधा पनि हुनेछ।
फेस्टको उद्घाटन पानीपोखरी स्थित वालनट बिस्ट्रोमा हुनेछ। काठमाडौं अर्गानिक्स, उत्पला क्याफे र द गार्डेनमा आँप र आँपबाट बनेका विभिन्न उत्पादनहरू प्रदर्शनी एवम् बिक्रीमा राखिने छ।
तीनदिने फेस्टमा तीन हजार बढी अवलोकनकर्ताबाट २५ हजारदेखि ३० हजार किलो आँप बिक्री गर्ने लक्ष्य राखिएको छ।
फेस्टको नारा ‘नेपाली उत्पादनलाई समर्थन गरौं, ताजा र स्वादिलो आँपको आनन्द उठाऔं’ रहेको छ।
प्रकाशित समय : १२:३७ बजे





















