nmb bank

गृहपृष्ठ ब्याज, लाभांश र शेयर कारोबार आम्दानीको कर शतप्रतिशत बढ्दै

ब्याज, लाभांश र शेयर कारोबार आम्दानीको कर शतप्रतिशत बढ्दै

ब्याज, लाभांश र शेयर कारोबार आम्दानीको कर शतप्रतिशत बढ्दै

 

ब्याज, लाभांश र दीर्घकालीन पुँजीगत लाभकर बढ्ने भएको छ । विद्याधर मल्लिकको अध्यक्षतामा गठित समितिले सुझाव पेश गर्दै १० प्रतिशत पु¥याउने सुझाव दिएको हो ।

मल्लिकको अध्यक्षतामा गठित कर प्रणाली सुधार सम्बन्धी उच्चस्तरीय सुझाव समितिले व्यक्तिले गर्ने सेयर आयमा आयकर ऐनअनुसार कर लगाउन सिफारिस गरेको छ ।

समितिले सार्वजनिक गरेको प्रतिवेदनमा व्यवसायिक रुपमा सेयर कारोबार गर्ने व्यक्तिको आम्दानी गणना गरी उसलाई व्यक्तिगत आयकर ऐनअनुरुप नै कर लगाउनुपर्ने उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ ।

व्यक्तिले धितोपत्र बोर्डमा सूचीकृत सेयर कारोबारमा हाल तिर्दै आएको पूँजीगत लाभकर समेत बढाउन समितिले सुझाव दिएको छ । एक वर्षभन्दा कम अवधि सेयर होल्ड गर्नेलाई पूँजीगत लाभकर १० प्रतिशत कायम गर्न र १ वर्षभन्दा बढी अवधि होल्ड गर्नेलाई ७.५ प्रतिशत कर कायम गर्न सुझाव दिइएको छ ।

 

पूर्वमन्त्री विद्याधर मल्लिक संयोजक रहेको समितिले दिएको प्रतिवेदन अर्थ मन्त्रालयले सार्वजनिक गरेको सुझावअनुसार गएमा सरकारले व्याज, लाभांशमा रहेको विद्यमान ५ प्रतिशतको कर आगामी ५ वर्षभित्र १० प्रतिशत पुने छ।

घरजग्गा कारोबारमा पनि कडाइ गर्न सुझाव दिइएको छ । घरजग्गा कारोबारमा हुने न्यूनतम मूल्यांकन पद्धतिबाट प्रत्येक कित्ताको मूल्य अभिलेखन प्रणाली अवलम्बन गरी वास्तविक मूल्य घोषणा हुने गरी प्रणालीको विकास गर्न सुझाव दिइएको छ ।

व्यक्तिगत आयकरका दरहरुलाई पुनरावलोकन गर्न पनि भनिएको छ। अहिले रहेको १०, २०, ३०, ३६ र ३९ प्रतितशको दरलाई १०, २० र २५ को तीनवटा दरमा कायम गर्न भनिएको छ । वार्षिक ५० लाख रुपैयाँभन्दा बढी आय भएका करदातालाई करको अन्तिम स्ल्याबमा २० प्रतिशत सरचार्जको व्यस्था गर्न सरकारलाई समितिले सुझाव दिएको हो ।

कर छुटको सीमालाई करको दर तथा मुद्रास्फीति तथा कर गणनामा खर्च दिने रकमको आधारमा दर कम बनाउँदा छुट सीमा यथावत गरी छुट सीमामा लाग्दै आएको १ प्रतिशत सामाजिक सुरक्षा कर खारेज गर्न पनि भनिएको छ। समितिमा पूर्व सचिव लक्ष्मण अर्याल, प्रा. डा रामप्रसाद ज्ञवाली र भन्सार विज्ञ श्यामप्रसाद दाहाल सदस्य थिए ।

 

प्रकाशित समय : १९:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु