nmb bank

गृहपृष्ठ भारत र ओमनबीच स्वतन्त्र व्यापार सम्झौता हुँदै

भारत र ओमनबीच स्वतन्त्र व्यापार सम्झौता हुँदै

भारत र ओमनबीच स्वतन्त्र व्यापार सम्झौता हुँदै

भारत र ओमनबीच स्वतन्त्र व्यापार सम्झौता हुने भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालकै पहिलो १ सय दिनभित्र दुई मुलुकबीच स्वतन्त्र व्यापार सम्झौता हुने सम्भावना रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

प्रधानमन्त्री मोदीले यस सम्झौतासँगै दुई मुलुकबीचको रणनीतिक सम्बन्ध थप उचाइमा पुग्ने अपेक्षा गरिएको बताए । अन्तिम सम्झौताअघि यसबारे पुनरावलोकन गर्न भारतीय वाणिज्यमन्त्री पियूष गोयललाई जिम्मा दिइएको छ ।

प्रधानमन्त्री मोदीको दोस्रो कार्यकालको अन्त्यतिर यस सम्झौताबारे छलफल सम्पन्न भएको छलफलमा संलग्न दुई जना अधिकारीले बताए । यस सम्झौताको प्रक्रिया अन्तिम चरणमा रहेको र दुबै पक्ष सहमत भए चाँडै यसबारे टुंगो लाग्ने छ ।

हालैमात्र भारतले आइसल्याण्ड, नर्वे, स्विट्जरल्याण्ड र लिच्टेन्स्टाइनसहित ४ युरोपेली मुलुकसँग यस किसिमको सम्झौता गरेको छ । यस सम्झौतासँगै ती ४ मुलुकले भारतमा १ खर्ब डलरको लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । 

प्रकाशित समय : १८:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु