nmb bank

गृहपृष्ठ सुर्खेतका तीन किसान पुरस्कृत

सुर्खेतका तीन किसान पुरस्कृत

सुर्खेतका तीन किसान पुरस्कृत

सुर्खेतका तीन किसान मुख्यमन्त्री उत्कृष्ट कृषकबाट पुरस्कृत भएका छन् । प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कृषि व्यवसायबाट राम्रो आम्दानी गरेको भन्दै यहाँका तीनजना किसानलाई पुरस्कृत गरेको हो ।

भैँसीपालन र तरकारीखेती गर्दै आउनुभएका गुर्भाकोट नगरपालिकाका गोविन्द ओली, च्याउखेती गर्दै आएका वीरेन्द्रनगर नगरपालिका–११ का इमानसिंह बस्नेत र श्याम कृषि फार्म सञ्चालन गर्दै आएका वीरेन्द्रनगर–३ का श्याम पुरी पुरस्कृत भएका मन्त्रालयले जनाएको छ ।

उनिहरुलाई नमूना किसानका रुपमा छनौट गर्दै क्रमशः ४० हजार, ३० हजार र २० हजारका दरले नगद पुरस्कार प्रदान गरिएको मन्त्रालयअन्तर्गतको कृषि विकास निर्देशनालयले जनाएको छ ।

 

प्रकाशित समय : १७:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु