nmb bank

गृहपृष्ठ विधेयक संशोधन प्रस्ताव स्वीकृत

विधेयक संशोधन प्रस्ताव स्वीकृत

विधेयक संशोधन प्रस्ताव स्वीकृत

राष्ट्रियसभाको आजको बैठकले सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनलाई सहमति गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । बैठकबाट उक्त प्रस्ताव सर्वसम्मतीले स्वीकृत भएको राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गरे ।

त्यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन । उक्त प्रस्तावमा छलफलका लागि कुनै पनि सदस्यहरुले भाग लिएनन ।

त्यसपछि मन्त्री शर्माले प्रतिनिधिसभाबाट भएको संशोधनलाई सहमति गरियोस भन्ने प्रस्ताव पेस गरेकी थिइन ।

प्रकाशित समय : १६:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु