nmb bank

गृहपृष्ठ निर्वाचन आयुक्त पदमा कृष्णमान प्रधान सिफारिस

निर्वाचन आयुक्त पदमा कृष्णमान प्रधान सिफारिस

निर्वाचन आयुक्त पदमा कृष्णमान प्रधान सिफारिस

संवैधानिक परिषद्को बैठकले निर्वाचन आयोगको रिक्त आयुक्त पदमा कृष्णमान प्रधानलाई सिफारिस गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको परिषद्को बैठकले प्रधानलाई निर्वाचन आयुक्तमा सिफारिस गर्ने निर्णय गरेको प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले राससलाई जानकारी दिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा भएको बैठकमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभामुख इन्दिरा राना र मुख्यसचिव डा.वैकुण्ड अर्याल सहभागी थिए ।

निर्वाचन आयुक्त सिफारिस हुनुभएका प्रधान नेपाल कानुन समाजका कार्यकारी निर्देशक हुन् । अब संसदीय सुनुवाइपछि आयुक्त पदमा नियुक्ति हुने छ ।

प्रकाशित समय : २१:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु