nmb bank

गृहपृष्ठ “झिगु ख्वप“ को प्रदर्शनी सुरू

“झिगु ख्वप“ को प्रदर्शनी सुरू

“झिगु ख्वप“ को प्रदर्शनी सुरू

वरिष्ठ फोटोग्राफर सुरेशराज शाक्यको दोश्रो एकल फोटो प्रदर्शनी “झिगु ख्वप“ (हाम्रो भक्तपुर) को प्रदर्शनी बुधबारबाट सुरू भएको छ । किपाः ग्राफी भक्तपुरको आयोजनामा भक्तपुरको कला, संस्कृति, सम्पदा र सहनसहन सम्बन्धी जानकारी दिने उद्देश्यले प्रदर्शनी सुरु गरेको जनाएको छ । प्रदर्शनी भक्तपुरको लिवालीमा अवस्थित वल्ड दरवारमा भएको हो । प्रदर्शनी असार १ गतेसम्म जारी रहने जनाइएको छ । प्रदर्शनीमा शाक्यद्वारा खिचिएका भक्तपुरको कला, संस्कृति, सम्पदा एवं रहनसहन झल्काउने एक सय भन्दा बढी तस्बिरहरु राखिएको छन् ।

प्रदर्शनीको उदघाटन नेपाल मजदुर किसान पार्टीका केन्द्रिय अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेले गरे । कार्यक्रममा अध्यक्ष बिजुक्छेंले पुराना सम्पदाहरु बचाई राख्न फोटोहरुको ठूलो महत्व हुने बताए । एउटा फोटोले पनि धेरै कुरा बताउने भएकोेले लेखाई भन्दा पनि दृष्यले धेरै कुरा बताउने उनको भनाई थियो ।

सोही अवसरमा विशेष अतिथि बागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले फोटोग्राफीको महत्वबारे चर्चा गरे । साथै युवाहरुमा फोटोग्राफीको रुची बढाउनमा किपाःग्राफी भक्तपुरले गरेका कार्यको उनले प्रशंसा गरे । कार्यक्रममा किपाः ग्राफी भक्तपुरका सल्लाहकारद्वय अच्युत प्रजापति र बलराम प्रजापतिले पनि फोटोग्राफीको महत्वपूर्ण भूमिका रहने बताए ।

कार्यक्रममा फोटो प्रदर्शनीलाई विभिन्न रूपले सहयोग गर्ने संस्था तथा व्यक्तित्वहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । किपाः ग्राफी भक्तपुरका उपाध्यक्ष उज्वलचन्द्र बुद्धाचार्यले स्वागत मन्तव्य दिएको कार्यक्रममा सचिव बालकृष्ण प्रजापतिले धन्यवाद ज्ञापन गरेका थिए ।

प्रकाशित समय : १०:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु