nmb bank

गृहपृष्ठ देशभरका करिब ८० प्रतिशत वडाको आयस्रोत मालपोत मात्रै

देशभरका करिब ८० प्रतिशत वडाको आयस्रोत मालपोत मात्रै

देशभरका करिब ८० प्रतिशत वडाको आयस्रोत मालपोत मात्रै

देशभरको कूल वडामध्ये दुई तिहाइ वडाको आम्दानीको मुख्य स्रोत मालपोत वापतको कर भएको पाइएको छ ।

राष्ट्रिय तथ्याँक कार्यालयले बुधबार सार्वजनिक गरेको सामुदायिक विवरण तथ्याँकअनुसार देशभरका ६ हजार ७ सय ४३ वडामध्ये दुई तिहाई वडाको आम्दानी (राजस्व) को मुख्य स्रोत मालपोत तथा भूमिसम्बन्धी करवापतको रकम रहेको छ ।

कार्यालयले बुधबार राष्ट्रिय जनगणना २०७८ अन्तर्गत सामुदायिक विवरण तथ्याँक सार्वजनिक गरेको छ । तथ्याँक अनुसार ५ हजार २ सय ९४ वडाको मुख्य आयस्रोत मालपोत कर रहेको फेला परेको हो ।

वडाहरुको दोश्रो स्थानमा आयको स्रोतको रुपमा विभिन्न प्रकारका सेवा शुल्क दस्तुर रहेको पाइएको हो । ४ हजार ६ सय ५८ वडाको दोश्रो आय स्रोतको रुपमा सेवा शुल्क दस्तुर र ३ हजार ६ सय ८ वडाको तेश्रो आय स्रोतको रुपमा सम्पति कर रहेको पाइएको हो ।

प्रकाशित समय : ०९:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु