nmb bank

गृहपृष्ठ ताप्लेजुङमा पहिरोले ट्याक्टर पुरिँदा एक युवकको मृत्यु

ताप्लेजुङमा पहिरोले ट्याक्टर पुरिँदा एक युवकको मृत्यु

ताप्लेजुङमा पहिरोले ट्याक्टर पुरिँदा एक युवकको मृत्यु

ताप्लेजुङको सिरिजंगामा पहिरोले ट्याकटर पुरिँदा एक युवकको मृत्यु भएको छ । पाँचथरको फिदिम नगरपालिका–१४, लुङ्रुपा घर भइ निर्माणाधीन काबेली तेस्रो हाइड्रोपावर परियोजनामा कार्यरत २५ वर्षीय सविन राईको पहिरोमा पुरिएर मृत्यु भएको हो ।

परियोजनास्थल सिरिजङ्गा गाउँपालिका–७ खेबाङको सिरिसेतर्फ सामान बोकेर जाँदै गरेको मे. १ त ७९६९ नम्बरको ट्याक्टरलाई सडकमाथिबाट झरेको पहिरोले पुर्दा राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पहिरोले ट्याक्टर बगाएर सडकदेखि करिब ६० मिटर तल पु¥याएको छ ।

 

 

प्रकाशित समय : ०९:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु